आफैँसँग विवाह गरेर चर्चामा आएकी अभिनेत्रीले भनिन्, ‘म सेल्फ प्रेगनेन्ट...’
टिभी धारावाहिक ‘दीया र बाती’ बाट चर्चामा आएकी कनिष्का सोनी हालै आफैँसँग विवाह गरेका कारण चर्चामा आएकी थिइन् । वास्तवमा, कनिष्का सोनीले आफ्नो सोसल मिडियामा सिन्दुर लगाएर र मंगलसूत्र लगाएर एउटा फोटो सेयर गरेर आफूले आफैँसँग विवाह गरेको जानकारी दिएकी थिइन् । अभिनेत्रीको यो पोस्ट देखेर उनका प्रशंसक चकित परेका थिए । हालै उनी अमेरिका भ्रमणमा छिन् । उनले अमेरिका भ्रमणका थुप्रै तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी पनि छिन् । तस्बिरमा आफू मोटाएकोबारे स्पष्टिकरण पनि उनले दिएकी छिन् ।
कनिष्काले तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘म सेल्फ म्यारिड जस्तै सेल्फ प्रेगनेन्ट होइन । यो बस अमेरिकाको शानदार पिज्जा, बर्गर हो, जसका कारण मेरो तौल बढेको छ । तर मलाई यसमा केही समस्या छैन । म यहाँ निकै रमाइलो गरिरहेकी छु ।’
कनिष्का सोनीले दुई महिना अघि आफूसँग विवाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण