आफैँसँग विवाह गरेर चर्चामा आएकी अभिनेत्रीले भनिन्, ‘म सेल्फ प्रेगनेन्ट...’
टिभी धारावाहिक ‘दीया र बाती’ बाट चर्चामा आएकी कनिष्का सोनी हालै आफैँसँग विवाह गरेका कारण चर्चामा आएकी थिइन् । वास्तवमा, कनिष्का सोनीले आफ्नो सोसल मिडियामा सिन्दुर लगाएर र मंगलसूत्र लगाएर एउटा फोटो सेयर गरेर आफूले आफैँसँग विवाह गरेको जानकारी दिएकी थिइन् । अभिनेत्रीको यो पोस्ट देखेर उनका प्रशंसक चकित परेका थिए । हालै उनी अमेरिका भ्रमणमा छिन् । उनले अमेरिका भ्रमणका थुप्रै तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी पनि छिन् । तस्बिरमा आफू मोटाएकोबारे स्पष्टिकरण पनि उनले दिएकी छिन् ।
कनिष्काले तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘म सेल्फ म्यारिड जस्तै सेल्फ प्रेगनेन्ट होइन । यो बस अमेरिकाको शानदार पिज्जा, बर्गर हो, जसका कारण मेरो तौल बढेको छ । तर मलाई यसमा केही समस्या छैन । म यहाँ निकै रमाइलो गरिरहेकी छु ।’
कनिष्का सोनीले दुई महिना अघि आफूसँग विवाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै