साजिद खानलाई समर्थन गरेर नराम्रोसँग फसिन् राखी सावन्त, एफआईआर दर्ता
राखी सावन्त समस्यामा फसेकी छिन् । मिटु आरोपी साजिद खानलाई समर्थन गर्नु उनका लागि भारी परेको छ । राखी सावन्त र उनकी वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध एफआइआर दर्ता भएको छ ।
केही दिन अघि भारतीय सञ्चार माध्यममा राखी सावन्तले शर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गरेको भन्ने खबर आएको थियो । यो कदम राखीले त्यतिबेला उठाइन् जब शर्लिन चोपडाले उनीविरुद्ध तथानाम भनिन् किनभने नायिकाले साजिद खानलाई समर्थन गरेकी थिइन् ।
शर्लिनले राखीविरुद्ध दर्ता गरिन् उजुरी
शर्लिनले आफ्नो उजुरीमा भनेकी छिन् – राखीले जसरी मिटुका आरोपी साजिद खानलाई समर्थन गरिन् त्यो गलत थियो । यसअघि पनि शर्लिन चोपडाले राखीविरुद्ध दुर्व्यवहारको उजुरी दर्ता गरेकी थिइन् । राखीले शर्लिनमाथि निकै खराब टिप्पणी गरेकी थिइन्, त्यसपछि नायिकाले यो कदम उठाउनुपरेको थियो ।
मंगलबारको दिन अम्बोली प्रहरी स्टेशनमा राखी सावन्त र उनकी वकिलविरुद्ध एफआइआर दर्ता भएको छ । प्रहरी अधिकारीका अनुसार हालसम्म राखी र उनकी वकिलसँग यसबारे सोधपुछ गरिएको छैन । जानकारीका अनुसार राखी सावन्त र शर्लिन चोपडाबीच विवाद त्यतिबेला सुरु भयो जब राखीले मिटु आरोपी साजिद खान र राज कुन्द्रालाई समर्थन गरिन् । राखीले दुबैजनालाई आफ्नो भाइ बताएकी छिन् । यस्तै राखीले शर्लिन चोपडाको मजाक पनि उडाइन् । यतिमात्रै होइन, राखीले शर्लिन चोपडामाथि थुप्रै नीजि टिप्पणी पनि गरिन् ।
अघिल्लो शनिकार राखी सावन्त र उनकी वकिलले मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा शर्लिन चोपडाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् जसमा मिडियासँग कुराकानी गर्दै राखीले उनको यो पूरा मामिलाले नीजि जीवन ध्वस्त भएको छ । उनका प्रेमी आदिलले उनीमाथि प्रश्न उठाउन थाले । त्यतिबेला राखीले मिडियालाई अन्तरवार्ता पनि दिँदै भनेकी थिइन्, ‘म असाध्यै दुःखी छु । जसरी शर्लिनले ममाथि टिप्पणी गरेकी छिन्, मेरो जीवन ध्वस्त भइरहेको छ । उनका कारण मेरा प्रेमीले मलाई ‘के तिम्रा साँच्चै १० प्रेमी छन् ?’ भनेर प्रश्न सोधे । उनको मुखमा जे आयो, त्यहि बोलिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण