बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई

शुक्रबार, २५ कात्तिक २०७९, १२ : ०५
शुक्रबार, २५ कात्तिक २०७९

गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् ।  मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।
 
धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।

एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन् । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको  प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो । –न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप