एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई
गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।
धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।
एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन् । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण