आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए

शनिबार, २६ कात्तिक २०७९, ११ : २३
शनिबार, २६ कात्तिक २०७९

सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रति आक्रमणमा अल–शबाबका १२ जना लडाकूहरूलाई मारेको एक अधिकारीले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउन प्रति आक्रमण गरेको थियो। 

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन् ।  हाल त्यस क्षेत्रमा  आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप