मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए
शनिबार, २६ कात्तिक २०७९, ११ : २३
सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रति आक्रमणमा अल–शबाबका १२ जना लडाकूहरूलाई मारेको एक अधिकारीले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउन प्रति आक्रमण गरेको थियो।
बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन् । हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण