मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही ५ मा सुकुम्बासी समस्या समाधान गर्नेछु : शाह

शनिबार, २६ कात्तिक २०७९, १८ : १६
शनिबार, २६ कात्तिक २०७९

रुपन्देही क्षेत्र नं.५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँचदलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै उम्मेदवार विजयी हुने ठोकुवा गरे । 

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्ति बजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिबार आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्दै कांग्रेसका उम्मेदवार शाहले मंसिर ४ गतेपछि बन्ने सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताए । 

रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवालगायत क्षेत्रका स्थानीयले शाहलाई चुनाव जितेर यो ठाउँको थप विकास गर्न अनुराध गरे । नेता शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बनेका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई विजयी बनाउने अठोट व्यक्त गरे ।

आफ्नै नेतृत्वमा कलौनीदेखि लुम्बिनी जोड्ने सडक निर्माण सम्पन्न भएको, फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्बिनीसम्म जोड्ने सडक निर्माण भएको शाहले बताए । कलौनीदेखि बयरकट्टी हुँदै दक्षिण क्षेत्रलाई जोड्ने सडक पनि आफ्नै पहलमा निर्माण गरिएको शाहको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप