सहकारीलक्षित मिरा इआरपी सफ्टवेयर कार्यान्वयनमा
सहकारी लक्षित मिरा इआरपी सफ्टवेयर सञ्चालनमा आएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानीमा मिरा इआरपी नियोसि टेक्नोलोजीले हालैमा यस सफ्टवेयर बजारमा ल्याएको हो ।
शनिबार राजधानीमा एक कार्यक्रमका बीच मिरा इआरपी सफ्टवेयर सार्वजनिक भएको छ । प्रारम्भिक चरणमा २६ वटा साकोसहरुको तथ्याङ्क मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको कम्पनीले जनाएको छ । थप आगामी दिनमा क्रमशः अरू सहकारीहरूमा समेत सेवा विस्तार गर्दै लगिने कम्पनीको भनाइ छ ।
मिरा इआरपी पूर्ण रुपमा सेवाको रुपमा सफ्टवेयर मोडलमा निर्माण गरिएको कम्पनीको दाबी छ । सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ प्रणाली व्यवस्थापन, लेखा व्यवस्थापन, मौज्दात व्यवस्थापन र मोबाइल बैंकिङ तथा इ–बैंकिङ व्यवस्थापन मोडुलहरु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले जानकारी दिए ।
सफ्टवेयरको आगामी मोडुलहरुमा गुणस्तर आश्वासन, पर्यवेक्षण र अनुगमन, व्यापार बुद्धिमत्ता र रिपोर्टिङ, मानव संसाधन प्रशिक्षण र क्षमता व्यवस्थापन, व्यापार प्रक्रिया व्यवस्थापन, अनुपालन व्यवस्थापन, कागजात व्यवस्थापन, स्थिर सम्पत्ति व्यवस्थापन रहेको घिमिरेले जानकारी दिए ।
मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफ्टवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्याङ्क भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरू एक अर्कासँग जोडिने, वैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरूलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।
यो सफ्टवेयर प्रयोग गर्न अब सहकारीहरूले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक नपर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सफ्टवेयरको न्यूनतम् शुल्क १६ हजार रूपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण