टेन हागलाई म सम्मान गर्दिनँ : रोनाल्डो
सोमबार, २८ कात्तिक २०७९, ०८ : ४२
म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानेजर एरिक टेन हागप्रति कुनै सम्मान नरहेको बताएका छन् । पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तरवार्तामा पोर्चुगिज खेलाडीले टेन हागको खुलेर आलोचना गरेका हुन् ।
उतारचढावको यो सिजन रोनाल्डोले प्रिमियर लिगका मात्र चार खेलमा सुरुवात गरेका छन् । अहिले उनले आफ्नो असन्तुष्टि छताछुल्ल पारेका हुन् । ‘म उनलाई सम्मान गर्दिनँ किनभने उनले पनि मलाई सम्मान गर्दैनन्,’ टेन हागबारे उनले भने, ‘यदि कसैले मेरो सम्मान गर्दैन भने उसले कहिल्यै पनि मेरो सम्मान पाउने छैन ।’
उनले क्लबले आफूलाई धोका दिएको पनि दाबी गरे जसले गर्दा आफू कागको बीचमा बकुल्ला भएको बताए । रोनाल्डोले आफूले अझै पनि युनाइटेडको भलो होस् भन्ने चाहेको तर क्लब सही दिशामा अघि नबढेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण