लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता : मृत्यु शैयाबाट
सोमबार, २८ कात्तिक २०७९, १४ : १५

संसार रूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।
महामरूमा कणझैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरुझैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाकी ।
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।
(लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । उनले अस्पतालको शैयाबाट लेखेको यो अन्तिम कविता थियो )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?