रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रूद्राभिषेक पूजा
सोमबार, २८ कात्तिक २०७९, १४ : ५२
काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन् । धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् ।
रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।
पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रुपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए । मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू–वौद्ध राष्ट्रको एजेण्डालाई उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण