रवीन्द्र मिश्रलाई अब कसैको आर्थिक सहयोग नचाहिने
मङ्गलबार, २९ कात्तिक २०७९, ०८ : ३९
राप्रपाका उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरेका छन् ।
निर्वाचन खर्चका लागि सार्वजनिक आव्हान गरेको सो यस अवधिका लगभग २५ लाख आर्थिक सहयोग जुटेकोले अब सहयोग बन्द गर्न उनले आग्रह गरेका हुन् । निर्वाचन आयोगको २५ लाखसम्म खर्च गर्न पाउने सीमा ताेकेको र आफू सोही सीमाभित्र रहेर निर्वाचन खर्च गर्ने पनि मिश्रले दाबी गरे ।
गत निर्वाचनमा पनि आफूले २५ लाखभित्र नै चुनाव खर्च गरेको स्मरण गर्दै मिश्रले आफ्नो चुनावी तयारी राम्रो भएको पनि बताएका छन् । साथै मिश्रले निर्वाचन खर्च सीमा निर्वाचन आयोगले तोकेभन्दा बढी हुने गरेको देखिएकोले अनुगमनलाई तीव्र बनाउन पनि आयोगलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण