मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रामचन्द्रलाई भोट माग्दै निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’

बुधबार, ३० कात्तिक २०७९, २१ : ३२
बुधबार, ३० कात्तिक २०७९

गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । 

नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने । 
यसअघि दीपक मनाङे एमाले र कांग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् । यसअघि उनी कुनै पनि पार्टीमा खुलेका थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप