रामचन्द्रलाई भोट माग्दै निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’
बुधबार, ३० कात्तिक २०७९, २१ : ३२
गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् ।
नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने ।
यसअघि दीपक मनाङे एमाले र कांग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् । यसअघि उनी कुनै पनि पार्टीमा खुलेका थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण