लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै
करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ ।
विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गरे। तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनी फूल खेती सुरु गरे।
थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गरेका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यतिबेला उनको बारीमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताए ।
उनी भन्छन्, “अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ । फूल लगाएर बेकार भयो । लगानी नै फसेको गुनासो गर्नुभयो ।”
फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उनी भन्छन्, “धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला शहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पुर्याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण