शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मनीषा कोइरालाले मागिन् रेखालाई भोट

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ०६
बिहीबार, ०१ मङ्सिर २०७९

अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी हुन् । 

मनीषाले एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यका लागि रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।

मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक संजालमा शेयर गरेकी छन् । उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

मनिषाले मात्र होइन, रेखालाई  विभिन्न सेलिब्रेटीले समेत सामाजिक संजाल मार्फत भोट मागिरहेका छन् । मनीषाले गत मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रका लागि भोट माग्दै घरदैलो समेत गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप