मनीषा कोइरालाले मागिन् रेखालाई भोट
अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी हुन् ।
मनीषाले एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यका लागि रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।
मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक संजालमा शेयर गरेकी छन् । उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’
मनिषाले मात्र होइन, रेखालाई विभिन्न सेलिब्रेटीले समेत सामाजिक संजाल मार्फत भोट मागिरहेका छन् । मनीषाले गत मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रका लागि भोट माग्दै घरदैलो समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण