आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज शरीफ
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन् । “हामी कुनै गल्ती नगरौं । आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,” सरिफले ट्वीटरमा लेखेका छन् ।
पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ । पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए ।
प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए । पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । उनले मुख्य सचिव र प्रहरी महानिरीक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन् ।
संघीय गृहमन्त्री सनौल्लाले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रहरी कर्मचारीको शहादतप्रति गहिरो दुःख र खेद व्यक्त गर्नुभएको उनको कार्यालयले ट्वीटर सन्देशमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण