चुनावी अभियानकै क्रममा मन्त्रालयको प्रशासनिक काम गर्दै शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेल प्रचार प्रसारमा व्यस्त छन् । चुनावी प्रचार प्रसारकै क्रममा उनले मन्त्रालयको नियमित काम समेत गर्दै आएका छन् । २ वटा विश्वविद्यालय थप गरिदैंछ । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको विधेयकका लागि सदनमा पठाउनुपर्ने भएकाले कागजातमा हस्ताक्षर गरेका थिए ।
नयाँ खुल्न लागेका दुईवटा विश्वविद्यालय स्थापनाका लागि ऐन बन्ने प्रक्रियामा छ । त्यसका लागि विधेयकहरू राष्ट्रियसभाबाट उत्पत्ति गर्ने सरकारको तयारी छ । राष्ट्रियसभामा विधेयक पठाउनै पर्ने भएकाले मन्त्रीले अन्तिम स्वीकृति गर्नुपर्ने थियो । मन्त्री चुनावी कार्यक्रममा व्यस्त रहेपछि मन्त्रालयका कर्मचारी नै बाग्लुङ गएका हुन् ।
‘चुनावमा व्यस्त हुनुहुन्थ्यो । काम नरोकियोस् भनेर कर्मचारीलाई बोलाएर हस्ताक्षर गरेर पठाउनुभएको हो ।’ मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले भने । चुनावी अभियानकै रहँदा पनि बेला बेला काठमाडौं गएर मन्त्रालयको नियमित काम गर्दै आएका छन् । मन्त्रीको आवश्यकता पर्ने बाहेकका काम मन्त्रालयका अधिकारीहरूले गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु