के ‘डिसेम्बर फल्स’ ले जोगाउला आर्यनको करिअर ?
एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ । त्यही फिल्म पनि असफल नहुँदा उनको करियर उभो लाग्न सकेको छैन ।
उनै आर्यनको अभिनय रहेको नयाँ फिल्म ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । आर्यनको करिअरमा हिट फिल्म नभएको लामो समय भैसकेको छ । त्यसैले यो फिल्म सफल बनाउन आर्यन दिनरात मिहिनेत गरिरहेका छन् । निर्माण युनिटले पनि फिल्म सफल बनाउन प्रचार प्रसारमा कुनै कसुर बाँकी नराख्ने सोच बनेको छ ।
आर्यनका लागि यो फिल्म चल्नु आवश्यक छ किनभने ओरालो लागेको करियरलाई उचाई दिने आयर्नको लागि यो एक मौका पनि हो । फिल्ममा आर्यनको जोडी अभिनेत्री उपासनासिंह ठकुरी बनेकी छन् । उपासना पछिल्लो समयकी हिट अभिनेत्री हुन् । उनले अभिनय गरेका तीनै फिल्म हिट भएका छन् ।
प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण