रोल्पामा महिला मतदाता धेरै
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ ।
जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार चार सय ७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सात ४७१ मतदाता छन् ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने बताइएको छ । निर्वाचनका लागि रोल्पामा तीन सुरक्षा अङ्गका करिब दुई हजार हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपेटिका पुगिसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । निर्वाचनमा सुरक्षाका कारण कुनै समस्या नहुने भएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ सापकोटाले आग्रह गरे ।
निर्वाचनका लागि रोल्पामा ८६ मतदान स्थलको व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ती मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा बन्दोबस्ती गरिएको छ । सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
-
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण