रोनाल्डोसँगको करार रद्द गर्ने तयारीमा युनाइटेड
शनिबार, ०३ मङ्सिर २०७९, १२ : २४

पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने तयारी गरेको छ । द एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो ।
शुक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको हो । ३७ वर्षीय पोर्चुगिज खेलाडीले मोगर्नको टक टिभीमा गरेको अन्तर्वार्तामा युनाइटेडका मालिकदेखि खेलाडी र म्यानेजरसम्मको आलोचना गरेका थिए । उनको अन्तवार्तापछि युनाइटेडकै पूर्व खेलाडी ग्यारी नेभिलले रोनाल्डोलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
अन्तरवार्तामा रोनाल्डोले ‘सम्झौताका बुँदा’ उल्लङ्घन गरेको युनाइटेडले ठहर गरेमा उनको करार भंग गर्ने एथ्लेटिकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता