मतदानपछि ओलीले भने–मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छ
आइतबार, ०४ मङ्सिर २०७९, १२ : ५१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् । आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’, ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।
उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए । ‘चितवनको घटनामा विप्लवको पार्टीका कुराहरु आएका छन् । यस्ता केही अप्रिय कुराहरु आए पनि आम रुपमा राम्रै भएको छ । अप्रिय भएका ठाउँमा दोहोर्याएर गर्नुपर्ने हुन्छ’, ओलीको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण