चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे तेस्रो
बुधबार, ०७ मङ्सिर २०७९, ०७ : २५

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा मत गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् ।
ढकालले १४ हजार २९९ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले १० हजार ६२९ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।