समानुपातिकमा घण्टीले कटायो १ लाख मत, कुन दलको कति ?
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ३२

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो ।
पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।
यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १० हजार समानुपातिक मत कटाएको छ । अन्य पार्टीको नाममा ४५ हजार मत आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्