मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला (क) मा कांग्रेस प्रदेश सभापति हार्ने नजिक, १२७४ मतान्तरले बागीको अग्रता

बुधबार, ०७ मङ्सिर २०७९, ०९ : १२
बुधबार, ०७ मङ्सिर २०७९

कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित हुने निश्चित जस्तै देखिएको छ । शाही विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले उनलाई फराकिलो मतान्तरले पछि पारिरहेका छन् । 

जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । अहिलेसम्म १९ हजार ७७१ मतगणना भइसकेको छ ।  जसमा स्वतन्त्र उम्मेदवार शाहीले १ हजार २७४ मतान्तरले प्रदेश सभापति शाहीलाई पछि पारिरहेका छन् ।

स्वतन्त्र उम्मेदवार शाहीको पक्षमा अहिलेसम्म ७ हजार ४८० मत आएको छ भने कांग्रेसका शाहीको पक्षमा ६ हजार २०६ मत छ । अब ५ हजार १७ मतगणना गर्न बाँकी रहेको छ । त्यसका प्रदेश सभापति शाहीलाई कमै मात्र मत जाने आकलन गरिएको छ ।

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो।  तर आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन् । उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभा चुनाव लडेका थिए । माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन् । यहाँ अहिलेसम्म एमाले नेता धीरेन्द्र गिरीले ४ हजार ४७० मत प्राप्त गरेका छन् भने नेमकिपाका राजेश्वर देवकोटाले ५०६ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप