जुम्ला (क) मा कांग्रेस प्रदेश सभापति हार्ने नजिक, १२७४ मतान्तरले बागीको अग्रता
कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित हुने निश्चित जस्तै देखिएको छ । शाही विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले उनलाई फराकिलो मतान्तरले पछि पारिरहेका छन् ।
जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । अहिलेसम्म १९ हजार ७७१ मतगणना भइसकेको छ । जसमा स्वतन्त्र उम्मेदवार शाहीले १ हजार २७४ मतान्तरले प्रदेश सभापति शाहीलाई पछि पारिरहेका छन् ।
स्वतन्त्र उम्मेदवार शाहीको पक्षमा अहिलेसम्म ७ हजार ४८० मत आएको छ भने कांग्रेसका शाहीको पक्षमा ६ हजार २०६ मत छ । अब ५ हजार १७ मतगणना गर्न बाँकी रहेको छ । त्यसका प्रदेश सभापति शाहीलाई कमै मात्र मत जाने आकलन गरिएको छ ।
प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो। तर आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन् । उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभा चुनाव लडेका थिए । माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन् । यहाँ अहिलेसम्म एमाले नेता धीरेन्द्र गिरीले ४ हजार ४७० मत प्राप्त गरेका छन् भने नेमकिपाका राजेश्वर देवकोटाले ५०६ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण