प्रतिनिधिसभातर्फ काभ्रेका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धन अगाडि, प्रदेशसभातर्फ यस्तो छ अवस्था
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काभ्रेका दुवै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ४ हजार ९५१ मत पाउँदा नेकपा एमालेका रेशम लामाले ४ हजार ८५० मत पाएका छन् ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार १९१ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाले ११ हजार ६८२ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ४ हजार ४४३ मत पाएका छन् ।
यस्तै, प्रदेशसभातर्फ काभ्रे–१ (१)मा नेकपा माओवादी केन्द्रका रत्न ढकाल ६ हजार ७५० मतसहित अग्रता बनाइरहेका छन् । सो क्षेत्रमा नेकपा एमालेका दिलबहादुर लामाले ४ हजार ८१२ मत पाएका छन् ।
काभ्रे–१ (२) मा नेपाली कांग्रेसका तीर्थ लामा ६ हजार ९८ मतसहित अग्रतामा छन् भने नेकपा एमालेका चन्द्र लामा ५ हजार १७६ मतसहित दोस्रो स्थानमा छन् ।
काभ्रे २ (१) मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल ६ हजार ८७ मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार खकुरेलले अहिलेसम्म ५ हजार ३७८ मत पाएका छन् ।
यसैगरी काभ्रे २ (२) मा नेपाली कांग्रेसका कन्चन बादे ५ हजार ४२२ मतसहित अग्रता बनाइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले ४ हजार ७२१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण