प्रतिनिधिसभातर्फ काभ्रेका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धन अगाडि, प्रदेशसभातर्फ यस्तो छ अवस्था

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काभ्रेका दुवै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ४ हजार ९५१ मत पाउँदा नेकपा एमालेका रेशम लामाले ४ हजार ८५० मत पाएका छन् ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार १९१ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाले ११ हजार ६८२ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ४ हजार ४४३ मत पाएका छन् ।
यस्तै, प्रदेशसभातर्फ काभ्रे–१ (१)मा नेकपा माओवादी केन्द्रका रत्न ढकाल ६ हजार ७५० मतसहित अग्रता बनाइरहेका छन् । सो क्षेत्रमा नेकपा एमालेका दिलबहादुर लामाले ४ हजार ८१२ मत पाएका छन् ।
काभ्रे–१ (२) मा नेपाली कांग्रेसका तीर्थ लामा ६ हजार ९८ मतसहित अग्रतामा छन् भने नेकपा एमालेका चन्द्र लामा ५ हजार १७६ मतसहित दोस्रो स्थानमा छन् ।
काभ्रे २ (१) मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल ६ हजार ८७ मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार खकुरेलले अहिलेसम्म ५ हजार ३७८ मत पाएका छन् ।
यसैगरी काभ्रे २ (२) मा नेपाली कांग्रेसका कन्चन बादे ५ हजार ४२२ मतसहित अग्रता बनाइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले ४ हजार ७२१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा
-
मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री
-
रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो