कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने
बुधबार, ०७ मङ्सिर २०७९, १२ : ००

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।
मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।
११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।