शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : २६
बिहीबार, ०८ मङ्सिर २०७९

पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । 

प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी  भएका हुन् । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र  उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् । 

जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् ।

उनी यस पटक माओवादी केन्द्र,  कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार रहेका थिए । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उनी २०७० सालमा तत्कालीन नेकपा मालेका तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप