दैलेख २ (ख) मा एमालेका प्रदेश अध्यक्ष विनोद शाह ८४ मतान्तरले विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा चुनावमा कडा प्रतिस्पर्धाका बीचमा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भएका छन् ।
उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए ।
योगेन्द्र माओवादीबाट टिकेट प्राप्त गर्नुअघि एमालेमै थिए । दुई पुर्वी सहकर्मीबीचको रोचक प्रतिस्पर्धाकाबीच योगेन्द्र पछि परेका हुन् । निर्वाचित शाहीको राजनीति यात्रा पनि अस्थिर छ । ०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका हुन् ०५१ को निर्वाचनमा निर्वाचित भएका थिए । यद्यपि उनीबीचमै सांसद पदसहित नेमकिपाबाट एमालेमा आएका थिए ।
०५६ मा एमालेबाट पराजित उनी राजा ज्ञानेन्द्रले ‘कु’ गरिरहेको समयमा राजाको कोटाबाट राज्यमन्त्री समेत भएका थिए । गणतन्त्र स्थापनापछि पुनः दलमै फर्कीएका उनलाई एमालेले लामो समय टिकेट दिएको थिए । आफूले टिकेट प्राप्त गर्न नसेपछि ०७४ मा आफ्नी श्रीमतीलाई वडा सदस्यमा लडाएर जिल्ला समन्वय समिति दैलेखको उपप्रमुख बनाएका थिए ।
पार्टीभित्र निष्क्रिय जस्तै बनाइएका उनलाई एमालेको पछिल्लो महाधिवेशनपछि प्रदेश अध्यक्षको जिम्मेवारी दिइयो । उनले गत वैशाख ३० को स्थानीय निर्वाचनमा नेता, कार्यकर्ताको भावना विपरीत आफ्नो श्रीमतिलाई ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा टिकेट दिएका थिए ।
तर उनको श्रीमती पराजित भएकी थिइन् । पुनः प्रतिनिधि सभामा सिफारिस भएका उनी अन्तिममा प्रदेश सभामा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण