दैलेख २ (ख) मा एमालेका प्रदेश अध्यक्ष विनोद शाह ८४ मतान्तरले विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा चुनावमा कडा प्रतिस्पर्धाका बीचमा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भएका छन् ।
उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए ।
योगेन्द्र माओवादीबाट टिकेट प्राप्त गर्नुअघि एमालेमै थिए । दुई पुर्वी सहकर्मीबीचको रोचक प्रतिस्पर्धाकाबीच योगेन्द्र पछि परेका हुन् । निर्वाचित शाहीको राजनीति यात्रा पनि अस्थिर छ । ०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका हुन् ०५१ को निर्वाचनमा निर्वाचित भएका थिए । यद्यपि उनीबीचमै सांसद पदसहित नेमकिपाबाट एमालेमा आएका थिए ।
०५६ मा एमालेबाट पराजित उनी राजा ज्ञानेन्द्रले ‘कु’ गरिरहेको समयमा राजाको कोटाबाट राज्यमन्त्री समेत भएका थिए । गणतन्त्र स्थापनापछि पुनः दलमै फर्कीएका उनलाई एमालेले लामो समय टिकेट दिएको थिए । आफूले टिकेट प्राप्त गर्न नसेपछि ०७४ मा आफ्नी श्रीमतीलाई वडा सदस्यमा लडाएर जिल्ला समन्वय समिति दैलेखको उपप्रमुख बनाएका थिए ।
पार्टीभित्र निष्क्रिय जस्तै बनाइएका उनलाई एमालेको पछिल्लो महाधिवेशनपछि प्रदेश अध्यक्षको जिम्मेवारी दिइयो । उनले गत वैशाख ३० को स्थानीय निर्वाचनमा नेता, कार्यकर्ताको भावना विपरीत आफ्नो श्रीमतिलाई ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा टिकेट दिएका थिए ।
तर उनको श्रीमती पराजित भएकी थिइन् । पुनः प्रतिनिधि सभामा सिफारिस भएका उनी अन्तिममा प्रदेश सभामा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखन्डका पूर्वमुख्यमन्त्री सोरेनलाई अदालतको झट्का
-
सरकारको आँकलन : एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
-
लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
-
इन्टरनेट समस्याको अस्थायी समाधान, शुल्क नतिरे ठुलो दुर्घटनाको खतरा
-
भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु