शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुरा प्रदेश सभा–१ मा माओवादीका खगराज भट्ट विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १० : ४९
बिहीबार, ०८ मङ्सिर २०७९

डडेलधुराको प्रदेश सभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् ।

मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनी १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई दुई हजार ९१८ मतले पराजित गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले नौ हजार १ सय ९५ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप