बाँके–१ को (१) बाट माओवादीकी केसी निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : २९
बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् ।
उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले नौ हजार एक सय तीन मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ ६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाए । सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याए ।
माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण