बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङ ४ मा प्रतिनिधि सभातर्फ माओवादीका अमनलाल मोदी विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, ०९ : २२
शुक्रबार, ०९ मङ्सिर २०७९

मोरङको क्षेत्र नं‍. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।

क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन । योसंगै मोदी तेस्रो पटक संसदको ढोका खोल्न सफल भएका छन् । मोदीले यसअघि मोरङ क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ संसदीय चुनाव लडिसकेका छन् । २०७४ मा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका मोदी विजयी भए । त्यस बेला उनले काँग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका थिए ।

त्यसबेला मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए । संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए । मोदीले सत्ता गठबन्धनमा यसपटक बाजी मारे । यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रो जित भएको छ । उनी तेस्रो पटक सांसद चुनिएका छन् ।

को हुन् मोदी ?
माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

बाबु स्व. पवनलाल मोदी र आमा वालो देवी मोदीको कोखबाट वि.सं. २०४२ असोज ५ गते अमनलाल मोदीको जन्म भएको हो । उनकी पत्नीको नाम रितेश कुमारी लेखी हो भने उनीहरूका दुई छोरा छन् ।

मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो । मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने ।

मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि गुजारेका छन् । २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन बिताए । मोदीले २०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य तथा २०७४ मा प्रतिनिधिसभामा मोरङ ४ बाटै सांसदमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप