निर्वाचित भएपछि मोहन बस्नेत : ‘तपाईहरुको मत खेर नजानेगरी काम गर्छु’
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नवनिर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले जनताको मत खेर नजानेगरी काम गर्ने बताएका छन् ।
विजयी भएपछि एक भिडियो सन्देश जारी गर्दै बस्नेतले आफूले पाएको मतको सम्मान हुनेगरी राखेका प्रतिबद्धताहरु आफू र संयुक्त बाम लोकतान्त्रिक दलहरु मिलेर संयुक्त रुपमा पूरा गर्ने बताएका छन् ।
उनले भनेका छन्–‘जिल्लाको भविष्यका लागि, यो जिल्लाको उन्नती, प्रगतिको लागि, विकास र समृद्धिका लागि हामी अहोरात्र खटिनेछौँ । राजनीतिक व्यवस्थाप्रति अलि अलि वितृष्णा जागेको हो कि भन्ने कुरा चर्चामा आउन थालेको छ त्यो कुरालाई समेत ध्यानमा राखेर राजनीतिक दलहरुले जनताका प्रतिनिधिहरुले जनतका लागि विकासको काम गर्न तयार छौँ ।’
उनले जनताका लागि गर्नुपर्ने काम, कानुन निर्माण गर्ने काममा खेल्नुपर्ने भूमिका सबै कुरालाई ध्यानमा राखेर इमान्दारितापूर्वक जनता र राष्ट्रलाई साक्षी राखेर हामी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण