शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी ४ प्रदेशसभा (१) बाट एकीकृत समाजवादीका न्यौपाने विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : १६
शुक्रबार, ०९ मङ्सिर २०७९

सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुन: निर्वाचित भएका छन् । 

सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए। एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए ।

गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याए । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक स्थानमा विजयी हासिल गरेको छ ।

सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक-एक स्थानमा निर्वाचित भए । बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार तीन सय ८० मतका साथ अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप