ग्रेटा थनबर्गसहित ६ सय जनाद्वारा स्विडेन सरकारविरुद्ध मुद्दा दायर
स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।
‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै भएको थिएन’ मुद्दा दायर गर्ने मध्येकी एक इडा एडलिङ अरोराले बताइन् । शुक्रवार शहरमा भएको विरोध प्रदर्शनको क्रममा स्टकहोम जिल्ला अदालतमा प्रतीकात्मक रूपमा पेस गरिएको मुद्दा पहिले इलेक्ट्रोनिक रूपमा अर्को स्टकहोम अदालतमा दायर गरिएको अरोराले बताइन । स्वीडेनको नयाँ दक्षिणपन्थी सरकारले कमजोर जलवायु लक्ष्यहरूको लागि बढ्दो आलोचनाको सामना गरिरहेका बेला सरकारविरुद्ध मुद्दा दायर भएको हो ।
‘जलवायु संकट चिन्ताजनक र डरलाग्दो भएको’ भन्दै आफू प्रदर्शनमा भाग लिएको १९ वर्षीय विद्यार्थी मोआ विडमार्कले बताइन् । ‘हामी विपत्तितर्फ जाँदैछौँ ’, उनले भनिन् । हालैका वर्षहरूमा बढ्दो संख्यामा संगठन र नागरिकहरूले उनीहरूले जलवायुमा सरकारको निष्क्रियता भएको दाबी गर्दै सरकारविरुद्ध अदालतहरूमा मुद्दा दायर गरेका छन् ।
यसैबीच, सन् २०१९ को डिसेम्बरमा नेदरल्याण्डको सर्वोच्च अदालतले सरकारलाई पर्यावरण समूहले ल्याएको एउटा ऐतिहासिक मुद्दामा २०२० सम्ममा हरितगृह ग्यासहरूलाई कम्तीमा २५ प्रतिशतले घटाउन आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण