मुगु (क) बाट गठबन्धनलाई पराजित गर्दै एमालेका मल्ल विजयी
शनिबार, १० मङ्सिर २०७९, १० : ३३
कर्णाली प्रदेशको मुगु बाहेक सबै जिल्लाको चुनावी नतिजा आइसकेको छ । मुगु (क)को पछिल्लो नतिजा अनुसार गठबन्धनलाई पराजित गर्दै एमालेका जितबहादुर मल्लले जित निकालेका छन्।
मल्लले आफ्ना प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल बहादुर बमलाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । मल्लले ६ हजार ६१८ मत ल्याएर निर्वाचित हुँदा समाजवादीका बमको पक्षमा ५ हजार ४४५ मत आएको छ ।
निर्वाचित मल्ल एमालेका मुगु जिल्ला अध्यक्ष हुन् भने पराजित बम यसअघि ०७४ मा एमालेबाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण