समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?
आइतबार, ११ मङ्सिर २०७९, ०९ : ०७

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ ।
राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेका जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक