इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य सङ्कट
इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ ।
सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ । यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ ।
गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसङ्ख्या गरिबीतर्फ पनि धकेलिएको छ । सो परिषदको प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ ।
गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीहरुको बसोबास रहेको छ । यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण