आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतान्तरले विजयी हुनेमा माओवादीका नेता पुन अगाडि

आइतबार, १८ मङ्सिर २०७९, ११ : ५६
आइतबार, १८ मङ्सिर २०७९

प्रतिनिधिसभातर्फ लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतान्तरले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन विजयी भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुन रोल्पाबाट २५ हजार २२९ मतान्तरले विजयी भएका छन् ।

पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गरेका थिए भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए । यो मतान्तर लुम्बिनी प्रदेशभरिकै धेरै फराकिलो मतान्तर हो ।

त्यसैगरी कपिलवस्तुबाट एमालेका बलराम अधिकारी र पश्चिम नवलपरासीका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुबबहादुर प्रधानले पनि भारी मतान्तरले निर्वाचन जितेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत प्राप्त गरे । यी दुई प्रतिस्पर्धीबीचको मतान्तर १५ हजार ६९२ रहेको छ ।

त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत प्राप्त गरेका थिए । यी दुईबीचको मतान्तर १५ हजार १७० रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप