लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतान्तरले विजयी हुनेमा माओवादीका नेता पुन अगाडि
प्रतिनिधिसभातर्फ लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतान्तरले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन विजयी भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुन रोल्पाबाट २५ हजार २२९ मतान्तरले विजयी भएका छन् ।
पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गरेका थिए भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए । यो मतान्तर लुम्बिनी प्रदेशभरिकै धेरै फराकिलो मतान्तर हो ।
त्यसैगरी कपिलवस्तुबाट एमालेका बलराम अधिकारी र पश्चिम नवलपरासीका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुबबहादुर प्रधानले पनि भारी मतान्तरले निर्वाचन जितेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत प्राप्त गरे । यी दुई प्रतिस्पर्धीबीचको मतान्तर १५ हजार ६९२ रहेको छ ।
त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत प्राप्त गरेका थिए । यी दुईबीचको मतान्तर १५ हजार १७० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण