संस्कृतिको धरोहर ‘मुकुण्डो नृत्य’
संस्कृतिविद् गणेशराम लाछीले लिच्छविकालदेखि सुरुआत भएको मुकुण्डो नृत्य संस्कृतिको धरोहर रहेको बताएका छन् । नेपाली संस्कृतिमा नृत्यका विभिन्न अङ्ग रहेको भन्दै उनले मुकुण्डो नृत्य पनि एक महत्वपूर्ण अङ्ग भएको र यस नृत्यले संस्कृतिको शिष्टाचार, विनम्रता, शान्त स्वभाव आदिलाई प्रोत्साहन गराउने धारणा राखे ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको मुकुण्डो नृत्य प्रस्तुति–२०७९ कार्यक्रममा संस्कृतविद् लाछीले अभिलेख प्रस्तुत गर्दै काठमाडौँ उपत्यका र आसपासका जिल्लामा परापूर्वकालदेखि चलिआएको यस नृत्यको हालसम्म पनि अस्तित्व रहेका कारण संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, “मुकुण्डोले कुनै पनि समाज वा समुदायको संस्कृति, धर्म, परम्परा र विश्वासलाई प्रतिबिम्वित गरेको हुन्छ । एकातिर यी मुकुण्डो नृत्यले जनतामा धार्मिक भावना जोगाई राख्दछ भने अर्कोतिर कलाका विभिन्न पक्षहरु सङ्गीत, वाद्यवादन, नृत्य, वेषभूषा आदिलाई यसले प्रोत्साहित गरी जीवन्त राख्दछ ।”
वरिष्ठ नृत्य निर्देशक एवं अनुसन्धानदाता भैरवबहादुर थापाका अनुसार जुनबेला मानव भाषाको उदय भएको थिएन, त्यो समयमा मानिस साङ्केतिक भाषा प्रयोग गर्थे । साङ्केतिक भाषाको सुरुआत भएसँगै अभिनय कलाको विकास हुन थाल्यो र मुकुण्डो कलाको विकास भएको थियो ।
मुकुण्डो नृत्यबारे विशेष आलेख प्रस्तुत गर्दै डा पुरुषोत्तम लोचन श्रेष्ठले मानव संस्कृति र सभ्यताको उषाकालदेखिनै मुकुण्डो संस्कृति विश्वव्यापी रहिआएको बताए । उनले मुकुण्डो नाचका धेरै प्रकार र विधि रहेको भन्दै नेपाल मण्डलका परम्परागत मुकुण्डो नाच फगत नाचमा मात्र सीमित नरही ती नाचका गण वा पात्र प्रत्यक्ष देवताकै अवतारमा मान्य र पुज्य रही आएकासमेत बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले परापूर्वकालदेखि चलिआएको मुकुण्डो नृत्य प्रचारप्रसार र संरक्षणका लागि प्रतिष्ठानले विशेष योजना तयार गरेको बताए। उनका अनुसार कास्की, सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकामा मुकुण्डो नृत्यको विशेष प्रदर्शन गरिने पाइएको छ । उनले थपे, “अन्य जिल्लामा मुकुण्डो नृत्यभित्रै पर्ने लाखे नाच प्रख्यात भए पनि पचली भैरवको नाच, देवी नाच, भद्रकाली नाच, मजिपा लाखे नाचलगायतका नाच हाल प्रदर्शन गरिन्छ ।”
मुकुण्डो नृत्य प्रदर्शन कार्यक्रममा लाखे नृत्य, महाकाली देवीत्यँख, अष्टमातृका नृत्य र भैरवकाली नृत्य गरी चारवटा नाच प्रस्तुत प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण