राप्रपाको इन्ट्रीसँगै गण्डकीमा ५ दलको प्रतिनिधित्व, सरकार निर्माणमा माओवादी निर्णायक
गण्डकी प्रदेशसभामा मंसिर ४ गतेको निर्वाचनबाट ४ दलले थ्रेसहोल्ड कटाए पनि ५ दलको प्रतिनिधित्व हुने भएको छ । प्रदेशमा निल भएको नेकपा एकीकृत समाजवादीले मनाङ (२)बाट स्वतन्त्र निर्विरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै ५ दलको प्रतिनिधित्व हुने भएको हो ।
थ्रेस होल्ड कटाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै दल हुन् । ०७४ मा निल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक थ्रेस होल्ड कटाएको छ । प्रत्यक्ष निर्वाचनमा निल भएको एकीकृत समाजवादीले मनाङेलाई पार्टी प्रवेश गराएर प्रदेश सभामा उपस्थिति देखाएपनि थ्रेस होल्ड कटाउन सकेन ।
प्रदेशसभा तर्फ ०७४ मा राष्ट्रिय जनमोर्चा र तत्कालीन बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले थ्रेस होल्ड कटाएर समानुपातिकमा १÷१ सिट पाए पनि यस पटक कटाएनन् । बाबुराम नेतृत्वको पार्टी माओवादी चुनाव चिन्ह लिएर चुनावमा गयो भने राष्ट्रिय जनमोर्चाले प्रदेशसभा तर्फ प्रत्यक्षमा उम्मेदवार नै उठाएनन् ।
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरि २७ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । ०७४ मा प्रदेशमा प्रत्यक्ष तर्फ ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको कांग्रेसले यस पटक प्रत्यक्षमा तेब्बर सिट जितेको हो । समानुपातिकमा भने उस्तै सिट सुरक्षित गरेको हो ।
०७४ प्रदेशसभामा पहिलो दल बनेको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि २२ सिटमा जितेको छ । ०७४ मा प्रत्यक्ष तर्फ १७ र समानुपातिक तर्फ १० सिट सहित २७ सिट जितेको एमाले यसपटक विगतको सिट गुमाएको हो । माओवादी केन्द्रले पनि विगतको सिट गुमाएको छ । ०७४ प्रदेशसभा तर्फ ९ र समानुपातिकको ३ सिट गरी १२ सिट जितेको माओवादीले यसपटक प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिट जित्न सफल भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशमा उदय भएको छ । प्रत्यक्षमा कुनै पनि सिट नजितेपनि समानुपातिकमा २ सिट पाएर गण्डकीको चौथौं ठुलो शक्ति बनेको छ । सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले सरकार गठन गर्न आवश्यक बहुमत संख्या पार गरेका छन् । ती दुई पार्टी मिल्दा बहुमतको सरकार बन्न सक्छ । यदी सत्ता गठनबन्धन भत्किएर एमालेको नेतृत्वमा सरकार गठन भए माओवादी, राप्रपा र एकीकृत समाजवादी पार्टी निर्णयक देखिन्छ । मुलतः गण्डकीमा ८ सिट पाएको माओवादी सरकार गठनमा निर्णयक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण