मधेसको मुद्दामा एक साथ काम गर्न उपेन्द्रलाई सिके राउतको प्रस्ताव
जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेसको मुद्दामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
अध्यक्ष राउतले हिजो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टा छुट्टै भेटेर सो प्रस्ताव गरेका हुन् ।
सप्तरी २ मा आफूले पराजित गरेका जसपाका अध्यक्ष यादवलाई अध्यक्ष राउतले उनकै निवासमा हिजो साँझ भेट्न गएका थिए । सो भेटमा अध्यक्ष यादवले राउतलाई जितको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मधेसको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएको बताइन्छ ।
सोही क्रममा अध्यक्ष राउतले मिलेर मधेसको हितमा काम गर्न अध्यक्ष यादव समक्ष प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । एक अर्काको सहयोगले मात्र मधेसको मुक्ति सम्भव रहेको कुरा अध्यक्ष राउतले राखेको र त्यसमा अध्यक्ष यादव पनि सकारात्मक रहेको उनले बताए । अध्यक्ष यादवले पनि मधेसलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।
लोसपाका अध्यक्ष ठाकुर समक्ष पनि अध्यक्ष राउतले यहीं प्रस्ताव लिएर गएका थिए । अध्यक्ष ठाकुर पनि महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका छन् । दुवैजनाले एक अर्कालाई बधाई दिनुको साथै शुभकामना साटासाट गरेका थिए ।
अध्यक्ष ठाकुरले मधेसको लागि थुप्रै काम गर्न बाँकी रहेको र त्यसका लागि मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न चाहेको र त्यसमा एक अर्काको सहयोग आवश्यक रहेको धारणा राखेको बताइन्छ ।
हिजो नै अध्यक्ष राउतले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण