जुम्लामा परम्परागत घर हराउँदै
जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ। जुम्लाको सबै क्षेत्रमा यातायातको पहुँच भए सँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत घरको शैली हराउँदै गएको हो।
मल्ल कालमा बनेका माटाको छत दर्जनौं घरहरूसँगै जोडिएको पाइन्थ्यो, तर पुराना घरहरू अहिले हराउँदै गएका छन्। पछिल्लो समयमा यहाँका बूढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको संस्कृतिक हराएको बताएका छन्। हिमाली जिल्लामा हिउँदमा बस्नको लागि न्यानो हुने माटोका घरहरु लोप भएका छन् ।
पातारासी -१ स्याला गडिगाउँका सिंह ऐडीका अनुसार जुम्लामा बनाइने परम्परागत घरको छुट्टै विशेषता छन्। पुराना शैलीका माटोका छत भएका घर ११ देखि २० घरसम्मसँगै हुने र उनीहरूले आफ्नो भाषामा गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे। बूढा पुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न, र कुनै ठूलो सभा समारोह तथा भोज भतेर गर्नको लागि सहज हुने गर्थ्यो।
पछिल्लो समयमा पुराना घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको गुनासो छ। पातारासीका हरि ऐडी हाम्रो धार्मिक परम्परा बचाउन चुनौति देखिएको बताउँछन्। जुम्लाका आठै स्थानीय तहका गाउँ-गाउँमा जस्ताले छाना छाइएको छ,' उनले भने,'परम्परागत घर निर्माणको शैली हराउँदै गएसँगै यहाँको मौलिक संस्कृति पनि लोप हुने सम्भावना बढेको छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण