झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
शनिबार, २४ मङ्सिर २०७९, १४ : ०७
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ६ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ४२ जनाको मुटुको जाँच इसीजी गरिएको छ । शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको जाँच गरेको थियो । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण