सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

शनिबार, २४ मङ्सिर २०७९, २२ : ४१
शनिबार, २४ मङ्सिर २०७९

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।

त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप