बालाजुमा ९० वर्षीया वृद्धाको हत्या
काठमाडौँको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो ।
प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । उनका श्रीमान‍्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् ।
सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला गरेकी छन् ।
उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण