प्रहरी चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी
हुम्लाको नाम्खा गाउँपालिका – ५ को हिल्सा , ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ । अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मङ्सिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ ।
चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ। हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत थिए । अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यस वर्ष जिल्लामा बोलाइएको छ।
दुुबै प्रहरी चौकीका प्रहरी जेठसम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन्। हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बिओपी) भने हिल्सामै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण