आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मुटुको चाल रोकिँदा जब पोखरामै उपचार पाए...

बिहीबार, २९ मङ्सिर २०७९, ०६ : ४८
बिहीबार, २९ मङ्सिर २०७९

स्याङ्जा घर भई हाल पोखरा १७ बिरौटा बस्ने ८४ वर्षीय ज्ञानकुमारी शर्मा ३ महिना अघि एक्कासि बिरामी भइन् । घरमा भित्र बाहिर गरिराख्ने ज्ञानकुमारी अचानक श्वासप्रश्वास गर्न अप्ठेरो भयो । उनको श्वासप्रश्वास छिट्टो छिटो हुनेदेखि शरीर गहुँग्रो भएर सास फेर्न कठिन भयो । घरपरिवारले हठात उपचारका लागि पोखरा ८ नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज पुर्यायो । 

अस्पतालका डाक्टर मधु रोकाका अनुसार अस्पताल पुग्दा ज्ञानकुमारीको मुटुको चाल नै थिएन । मुटुको दायाँ पट्टिको नसा १०० प्रतिशत गइसकेको थियो । ब्रल्र्ड सर्कुलेसन रोकिएको थियो । शरीरलाई नर्मल प्रेसर जति चाहिन्थ्यो त्यो पर्याप्त थिएन । यसका लागि ज्ञानकुमारीको क्याथ ल्याब मार्फत जुन नसा खुलेको छैन । त्यो नसा खुलाउनुपर्ने थियो । परिवारले दिएको अनुमति अनुसार हृदय रोग विशेषज्ञ डाक्टर रोक्काको नेतृत्वको टोलीले अस्थायी पेसमेकर दिएर मुटुको त्यो बन्द भएको भल्ब खोल्न सफल भए । 

डाक्टर रोकाका लागि त्यो नौलो नभए पनि अस्पतालका लागि त्यो नयाँ र नौलो थियो । अस्पतालले भर्खर मात्र हृदय रोग केन्द्रको सेवा शुभारम्भ गरेको थियो । डाक्टर रोका काठमाडौं स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काम गरिसकेका अनुभवी थिए । पोखरा घर भएकाले उनले गण्डकी मेडिकल कलेजले हृदय रोग केन्द्रको सेवा शुभारम्भ गरेसँगै पोखराको गण्डकी मेडिकल कलेजमा काम सुरु गरेका हुन् । 

डाक्टर रोकाकै भनाइमा अहिले ज्ञानकुमारीको स्वास्थ्य सामान्य छ । उनी हिजो जस्तो भित्र बाहिर गर्न सक्छिन् । ज्ञानकुमारीकी छोरी यामुना शर्मा पनि आमाको स्वास्थ्य ठीक भएको बताउँछिन् । भन्छिन्, ‘हामीहरु आतिएका थियौं । आमाले श्वास प्रश्वास गर्न नसकेपछि हामीले यहाँ ल्याएको थियाैं । अहिले आमा ठीक हुनुहुन्छ,’ छोरी यामुनाले भनिन्, ‘अस्पताल र उपचारमा खट्नुहुने सम्पूर्ण डाक्टरलाई धेरै धेरै धन्यवाद !’ 

उनै ज्ञानकुमारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरलले बुधबार सम्मान गरेका छन् । ज्ञानकुमारीलाई अस्पतालले औपचारिक रुपमा हृदय रोग केन्द्र सेवा शुभारम्भ गर्दै त्यो सुखद क्षणमा मुख्यमन्त्री पोखरेलले सम्मान गरेका हुन् । स्याङ्जा भिरकोट २ का वेदप्रसाद पौडेल पनि २ महिनाअघि घरमा एक्कासी हृदयाघातको सिकार भए । उनको पनि एक्कासि श्वासप्रश्वासमा समस्या आयो । छोरा कृष्ण पौडेलले तत्काल गण्डकी मेडिकल कलेज पुर्याएर । डाक्टर रोक्काकै नेतृत्वमा वेदप्रसादको उपचार भयो । अहिले उनको पनि स्वास्थ्य ठिक भएको छोरा कृष्ण पौडेल सुनाउँछन् । 

‘यही कार्यरत भएकाले हृदय रोगेको उपचार हुन्छ भन्ने थाहा थियो । यसकारण मैले डाक्टरलाई सम्पर्क गरेर उपचारका लागि आएको थिए । अहिले बुबा ठिक हुनुहुन्छ । हिजो जस्तो हुनुहुन्थ्यो । अहिले पनि यस्तै हुनुहुन्छ । उपचारमा खटिने सबैलाई धेरै धेरै धन्यवाद,’ पौडेलले भने । 

२०६४ सालमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा विकास गरेको छ । 

३ सय शैयाको अस्पतालबाट सञ्चालन रहेको यो अस्पताल ५ सय ५० पुगेको छ । २७ शैयाको एम आइसियू, १० शैयाको सिसियू, १४ शैयाको एसआइसियू, ७ शैयाको पिआइसियू, २४शैयाको एनआईसियूऔएनसियू,, ४४ शैयाको विशिष्ट क्याबिन तथा ४ सय १२ वटा जनरल बेड सञ्चालनमा रहेको अस्पतालका प्राडा रवीन्द्र श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार अस्पतालमा ३ महिनाअघि मात्र हृदय रोग केन्द्र सञ्चालमा ल्याएको हो । औपचारिक शुभारम्भ बुधबार मात्र भएको हो । 

अस्पतालको टिचिङ कलेजबाट २०७५ बाट स्नात्तकोत्तर एमडी÷एमएस÷एनबिएमएस तथा २०७६ बाट एमपिएचको पढाइ भएको श्रेष्ठले बताए । अस्पतालबाट डायलासिस सेवा, सुरक्षित मातृत्व सेवा, नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा, क्यान्सर रोगको उपचार, मस्तिष्कघात भूतपूर्व भारतीय गोर्खा सैनिकहरुको लागि इसिएचएस समेत सुचारु गरिएको अस्पतालका अध्यक्ष खुमा अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप