बूढी गण्डकी जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग
शुक्रबार, ०१ पुस २०७९, ०८ : ३६
गोरखा स्थित बूढी गण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको छ ।
चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।
आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेस गर्न भनिएको छ ।
कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री-५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ । सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढी गण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण