आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बूढी गण्डकी जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

शुक्रबार, ०१ पुस २०७९, ०८ : ३६
शुक्रबार, ०१ पुस २०७९

गोरखा स्थित बूढी गण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको छ । 

चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।

आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेस गर्न भनिएको छ । 

कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री-५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ । सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढी गण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप