घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : अध्यक्ष दत्त
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् ।
ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त गरेको बताए । प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताएका छन् ।
अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग समेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिएका छन् । अध्यक्ष डा. दत्तले आफू पनि सो घटनामा विशेष ध्यान दिएको र आफै पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाक बाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराएका छन् । सो कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगायतका संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण