प्लेयर टू वाच : जुलियन अल्भारेज, अर्जेन्टिना
यस विश्वकपमा लियोनेल मेस्सी र किलियान एम्बाप्पेसँगै जुलियन अल्भारेजले आफूलाई गोल्डोन बुटको रेसमा कायम राखेका छन् । हालसम्म चार गोल गरिसकेका अल्भारेज दुई खेलाडीभन्दा मात्र एक गोलले पछि रहेका छन् ।
अर्जेन्टिनाको कोरडोबामा सन् २००० को जनवरी ३१ मा जन्मिएका अल्भारेजले अर्जेन्टिनाको रिभर प्लेटबाट आफ्नो सिनियर क्लब करियर सुरु गरेका हुन् । सन् २०१८ देखि २०२२ सम्म रिभर प्लेटमा रहँदा उनले ५७ खेलमा २३ गोल गरेका छन् । सन् २०२२ मा उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग आबद्ध भएका हुन् । १२ खेल खेल्दै ३ गोल गरेपछि उनलाई पुनः रियल प्लेटमा लोनमा पठाइएको छ ।
यता, अर्जेन्टिनाको सिनियर टोलीमा उनले सन् २०२१ मा मात्र डेब्यू गरेका हुन् । राष्ट्रिय टोलीका लागि उनले १८ खेलमा ७ गोल गरिसकेका छन् । उनले रिभर प्लेटबाट अर्जेन्टिनी लिग, कोपा कर्जेन्टिना, कोपा लिबर्टाडोरेजलगायत उपाधि जितेका छन् । त्यस्तै, अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनले सन् २०२१ को कोपा अमेरिका र कोनमेबोल–यूईएफए कप अफ च्याम्पियन्स पनि जितेका छन् ।
उनी सन् २०२१ मा अर्जेन्टिनाको प्रिमियरा डिभिजनको सर्वोच्च गोलकर्ता बनेका थिए भने उनी सन् २०२१ मा दक्षिण अमेरिकी वर्ष फुटबलर बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण