पूर्व समझदारीअनुसार प्रधानमन्त्रीमा माओवादीको दाबी स्वाभाविक : रेखा शर्मा
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले प्रधानमन्त्री दाबी पार्टीको स्वाभाविक भएको बताएकी छिन् । सत्ता गठबन्धन निर्माण भएपछि आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएकाले प्रचण्ड प्रधानमन्त्री हुने विषय स्वाभाविक भएको बताएकी हुन् ।
सरकार बनाउने विषयमा गठबन्धनबाटै समझदारी बनाएर जानुपर्ने शर्माले बताइन् । ‘निर्वाचन अघि आलोपालो प्रधानमन्त्री हुने समझदारी थियो । अहिले प्रधानमन्त्री माओवादीको दाबी स्वाभाविक हो’ रातोपाटीसँग कुरा गर्दै शर्माले भनिन्, ‘गठबन्धनभित्रै सहमति खोज्नुपर्छ । यहीँबाटै अगाडि बढ्ने कोसिस गर्नुपर्छ । त्यसो हुँदा राजनीतिक नैतिकता पनि कायम हुन्छ । हामी जुन मुद्दा लिएर जनतामा गएका थियौँ । त्यसको पनि जस्टीफाई हुन्छ ।’ यहीँ सत्ता गठबन्धनलाई विस्तार र बलियो बनाउनतिर लाग्नुपर्ने शर्माको भनाई छ ।
‘संविधान भन्दा बाहिर गएर संसद् विघटन भयो । संसद् विघटन गलत थियो भनेरै यो गठबन्धन बनायौँ । संसद् विघटन गलत हो भनेरै निर्वाचनमा गएका थियौँ । गठबन्धनले सहज ढङ्गले बहुमत ल्याउन सक्नुपर्ने थियो । देशैभर गठबन्धन इमानदार रूपमा सफल हुन सकेन’ शर्माले भनिन्, ‘सरकार बनाउने विषयमा गठबन्धनबाटै निकास निकाल्नुपर्छ । एमालेसँग सरकार बनाउनेतिर जानु हुँदैन । गठबन्धनले प्याकेजमा सहमति गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण