तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध
बुधबार, ०६ पुस २०७९, ०७ : ०९
कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिबान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।
गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।
उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले हस्ताक्षर गरी सबै सरकारी तथा निजी विश्वविद्यालयलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेख गरिएको आदेशलाई तत्काल कार्यान्वयन गर्न सबैमा जानकारी गराइन्छ ।’
पत्र ट्वीट गर्ने मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाशिमीले आदेश पुष्टि गरेको एएफपीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण